राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्।
दर्ता भएका दलमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पाटी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको आयोगका राजनीतिक दल व्यवस्थापन शाखाले जनाएको छ।
त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल छन्। सबै दलले सातै प्रदेशमा उमेदवारी दिन सक्नेछ। त्यसैगरि, नेपाल मजदूर किसान पार्टीले वाग्मती प्रदेश, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले प्रदेश नम्बर–२ र सुदूरपश्चिम प्रदेशमा तथा ऐतिहासिक प्रजातान्त्रिक पार्टी, नेपालले प्रदेश नम्बर–२ मा मात्रै उमेदवारी दर्ता गराउन सक्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







