नेकपा माओवादी केन्द्रले ८ औं राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतक दललाई निमन्त्रणा गरेको समाचार छ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयले जनाएअनुसार नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लगायत पार्टीलाई निमन्त्रणा गरेको हो।
यसअघि राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले कुनै पनि राजनीतिक दललाई नबोलाउने बताएको थियो। तर, शनिबार बसेको स्थायी समिति बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेपछि आथित्यता लागि दलहरूलाई बोलाएको हो। शनिबार स्थायी समितिले गरेको निर्णय अहिले केहीबेरमा बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज ९आइतबार० काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदैछ। यसअघि, आज दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने बताइए पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेपछि र सबै राजनीतिक दललाई आमन्त्रण गरेपछि ३ बजे उद्घाटन समय सरेको माओवादी केन्द्रले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







