माओवादी केन्द्र महाधिवेशनः प्रचण्डको प्रतिवेदनमाथि आज छलफल

- २५ समूहमा छलफल हुँदै (समूहगत सूची सहित)


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे आज (मंगलबार) २५ समूहमा छलफल हुँदैछ।

छलफलका लागि सोमबारै २५ वटा समूह बनाइएको छ। प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि बुधबार ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ।

प्रतिवेदनमा छलफल गर्न जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषदका ३ समूह बनाइएको छ। यसको टोली नेता नन्दकुमार थापालाई तोकिएको छ।

प्रदेश १ का २ समूह बनाइएको छ। जसको टोली नेतामा हर्क गुरुङ छन्। प्रदेश २ का पनि २ वटा समूह छन्। यसको नेतृत्वमा गणेश साहले गरेका छन्।

गण्डकी प्रदेश समूहको नेतृत्व प्रदेश अध्यक्ष गायत्री गुरुङले गरेकी छन्। लुम्बिनी प्रदेश समूहको टोली नेतामा चक्रपाणि खनाल छन्।

प्रवास समितिमा लक्ष्मण पन्त, कर्णाली प्रदेशमा विमला केसी र सुदूरपश्चिम समूहमा प्रदेश खगराज भट्ट टोली नेता छन्।

केन्द्रीय विभागहरूको समूहमा मायाप्रसाद शर्मा, सम्पर्क समन्वय प्रदेशको समूहमा कृष्ण अधिकारी, बागमती प्रदेश समूहमा सरल सहयात्री टोली नेता छन्। जनवर्गीय मोर्चाको समूहको नेतृतव अमृता थापाले गरेकी छन्।

छलफल हुने स्थान

ज्येष्ठ कम्युनिस्ट मञ्च (महाधिवेशनस्थल प्रज्ञा भवन ), एमके प्रसाईं संयोजक। सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन), सल्लाहकार परिषद् (महाधिवेशनस्थल प्रज्ञा भवन), प्रदेश १ क (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा), प्रदेश १ ख (महाधिवेशनस्थल भानुभक्त हल प्रज्ञा), प्रदेश २ क ( महाधिवेशनस्थल पारिजात हल प्रज्ञा ), प्रदेश २ ख (महाधिवेशनस्थल पारिजात हल प्रज्ञा), लुम्बिनी क (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा), लुम्बिनी ख (महाधिवेशनस्थल पुस्तकालय हल प्रज्ञा), गण्डकी क (केन्द्रीय कार्यालय पेरिसडाँडा), गण्डकी ख (केन्द्रीय कार्यालय पेरिसडाँडा), प्रवास (केन्द्रीय कार्यालय पेरिसडाँडा), कर्णाली क. (ए वान पार्टी प्यालेस), कर्णाली ख. (ए वान पार्टी प्यालेस), सुदूरपश्चिम क (ए वान पार्टी प्यालेस), सुदूरपश्चिम ख ( ए वान पार्टी प्यालेस), विभाग क (क्वालिटी ब्याङ्क्वेट), विभाग क (क्वालिटी ब्याङ्कवेट), उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट), सम्पर्क समन्वय क (क्रिस्लट पार्टी प्यालेस), सम्पर्क समन्वय ख.(क्रिस्लट पार्टी प्यालेस), बागमती क (बानेश्वर ब्याङ्क्वेट), बागमती ख (बानेश्वर ब्याङ्क्वेट), आयोग (काठमाडौं ब्याङ्क्वेट), जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट) रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।