बुधबारसम्मका लागि सिरहामा निषेधाज्ञा जारी


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित




सिरहामा बुधबारसम्मका लागि निषेधाज्ञा जारी गएिको छ।

जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजाम गरेपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ। बुधबारसम्म बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि बाहिर ननिस्कन, भेला नहुन, राजनीतिक सभा सम्मेलन नगर्न आग्रह गरेको छ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म तथा चोहर्वादेखि सिराहा सडकखण्डको पिके राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) र सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।