छोम्रोङ भलिबल र बास्केटबलको फाइनल खेल आज


     एभरेस्ट आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित




अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेला अन्तर्गत भलिबलतर्फको उपाधिका लागि आज (शुक्रबार) फाइनल खेल हुँदैछ।

फाइनलमा सीवाइसी घुर्जुङ र जनउत्थान क्लब भिड्दैछन्। फाइनल खेल आज विहान १० बजे हुनेछ।

बिहीबार भएको सेमीफाइनलमा सीवाइसीले एमवाइसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सोझो सेटमा पराजित गर्दै सीवाइसी फाईनल प्रवेश गरेको हो।

यसैगरी, अर्काे सेमिफाइनल खेलमा योङ स्टार क्लबलाई २५–२३ र २५–२२ को सोझो सेटमा हराउँदै जनउत्थान फाइनलमा पुगेको हो।
भलिबलतर्फ मिलन युवा क्लबले तेस्रो स्थान हाँसिल गरेको छ। मत्क्यू गाइजलाई २५–२३ र २५–२२ को सोेझो सेटले पराजिगत गर्दै मिलन युवा क्लब याङजाकोटले तेस्रो स्थानको उपाधि रक्षा गरेको हो।

यसैगरि, बास्केटबलतर्फ माछापुच्छ«े युवा क्लब तल्लोगाउँ र मिलन युवा क्लब याङ्जाकोटबीच शुक्रबार नै फाइनल खेलछ। तेस्रो स्थानका लागि भने सीवाइसी र एमवाइसी घागोथरबीच प्रतिस्पर्धा हुनेछ। दुवैतर्फको प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार पाउनेछन्। द्वित्तिय र तृतीय स्थान हासिल गर्ने टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश १५ र १० हजार पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।