आज (शनिबार) इस्वी संवत २०२२ को पहिलो दिन अर्थात अंग्रेजी नयाँ वर्ष।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ।
आजबाट इस्वी संवतको २०२१ लाई बिदा गर्दै नयाँ वर्ष २०२२ लाई स्वागत गरिदैँछ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको मान्यता छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष समेत भन्ने गरिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो।
नेपालमा इस्वी संवत प्रचलनमा नभएपनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्ने गरेका छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत धुमधामले मनाउँदै आएको छ।
सन् २०२२ मा सबैको हरेक दिन मंगलमय बनोस र सबै क्षेत्रमा शान्ति फैलियोस एभरेस्ट मिडिया हाउस प्रा.लि. शुभकामना व्यक्त गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







