कोरोना महामारी र खराब मौसमः विश्वभर ४४ सय बढी हवाई उडान रद्द


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित




कोरोना महामारी र खराब मौसमका कारण विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्।

त्यसमध्ये अमेरिकामा पहिलो पटक उच्च संख्यामा हवाई उडान रद्द भएको छ।

हिँजो (शनिबार) मात्रै त्यसमध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि चालक दलका सदस्यलाई क्वारेन्टिन बस्नुपर्ने लगायतका कारण एयरलाइन्सहरुमा कर्मचारीको अभाव हुने गरेको छ।

यात्रुहरुका समस्याका साथै मध्य अमेरिकामा परेको बाक्लो हिमपातले पनि हवाई उडान प्रभावित बनेका छन्। सिकागो, ओहारे र मिडवे विमानस्थलमा मात्रै १ हजारभन्दा बढी उडान रद्द भएका छन्।

ओमिक्रोन संक्रमणका कारण कर्मचारी अभाव हुनु र मौसमी खरावी विशेष गरी हिमपातका कारण उडान रद्द गर्नुपर्ने अवस्था आएको एयरलाइन्सहरुले जनाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।