राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) बिहान १० बजेदेखि उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्।
निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिकाअनुसार राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।
आयोगले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने सम्बन्धमा सबै तयारी गरिसकिएको जनाएको छ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गरि सक्नुपर्ने निर्वाचन तालिका छ। निर्वाचन भने माघ १२ मा हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दलहरूले भाग लिदैँछन्। आयोगले दिएको समयमा ती दलहरूले पार्टी दर्ता गरेका थिए।
आउँदो फागुन २० मा २० जना राष्ट्रिय सभा सदस्यकै पदावधि सकिँदैछ। २० मध्ये १९ पदका लागि माघ १२ मा निर्वाचन हुन लागेको हो भने एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ।
नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट ४, नेकपा (एकीकृत समाजवादी) का ४ र नेपाली कांग्रेसका ३ जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुनमा सकिँदैछ। ती पदहरूमा नै निर्वाचन गर्न लागेको हो।
निर्वाचनबाट महिला७, दलित ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक २ र अन्य समूहबाट ७ उम्मेदवार निर्वाचित हुनेछन्।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको २ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।
राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ।
सत्तारूढ ५ दलले यी पदहरूमा भागबन्डा गरेर उम्मेदवार उठाउने भएका छन्। जसअनुसार काँग्रेसले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले ५/५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ पदमा उम्मेदवारी दिने भएका छन्।
निर्वाचन कहाँ ? र, को हुन् मतदाता ?
निर्वाचनका लागि यसअघि नै सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेका छन्।
निर्वाचन अधिकृत नियुक्ति र मतदानस्थल तथा मतदान केन्द्र तोकिसकिएको छ।
निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम भएका छन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको…





