धनञ्जय गोत्रीय भण्डारी समाज नेपाल ढिकुरपोखरी दारेगाँैडाको पुजा समितिको अध्यक्षमा कुष्णप्रसाद भण्डारी चयन भएका छन्।
समितिको हालै सम्पन्न चौथो अधिबेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा बलराम भण्डारी, गोबिन्द प्रसाद भण्डारी, कुष्ण प्रसाद भण्डारी र ज्ञानु भण्डारी छन्।
त्यसैगरि, सचिवमा महेश भण्डारी, कोषाध्यक्ष भुमराज भण्डारी र सह–सचिवमा गणेश भण्डारी छन्।
त्यस्तै, सदस्य हरुमा चेतनाथ भण्डारी, बलराम भण्डारी, सोभाखर भण्डारी, सन्तोष भण्डारी, नारायणप्रसाद भण्डारी, कुलप्रसाद भण्डारी, सरिता भण्डारी, गोबिन्दप्रसाद भण्डारी र पबित्रा भण्डारी छन्।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै समितिले स्व. सोभाखर भण्डारीलाई मरणोपरान्त सम्मान गरेको थियो।
त्यसैगरि, यामप्रसाद भण्डारी, ऋिषी भण्डारी, हरिप्रसाद भण्डारी ‘प्रेमसागर’, पबित्रा भण्डारी र हिमलाल भण्डारीलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्षहरु मनपति भण्डारी र पुष्पराज भण्डारी, महासचिव सूर्य भण्डारी, प्रवक्ता रमेश भण्डारी र जनप्रतिनिधि भगवती भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सारादा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सोभाखर भण्डारीले स्वागत र कृष्णप्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







