लक्ष्मी स्मृति पुरस्कारबाट शिक्षाविद् प्रा.डा.एलियामा जोन मंगलबार सम्मानित भइन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले डा. जोनलाई नगद पैँतीस हजार,दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । पोखराको शिक्षाको विकासमा अतुलनीय योगदान दिदैँ समाजको रुपान्तरण एवं आधुनिकिकरणमा अमूल्य योगदान पुर्याएको कदर गर्दे सो पुरस्कारबाट डा. जोनलाई पृथ्वीधर सिग्देल समाजको परिसरमा सम्मान गरिएको हो । प्रदेश प्रमुख गुरुङले समाजले सही व्यक्ति छनोट गरेर सम्मान गरिएको भन्दै स्व.लक्ष्मीको चर्चा गरे ।
सम्मानित व्यक्ति डा. एलियामा जोनले आमा नै बालबबालिकाको पहिलो गुरु भएको बताइन् । नेपाली समाज सदभावमा अडिएको हुन्छ , सदभाव सृजनामा महिलाको सबै भन्दा ठूलो भुमिका रहेको डा. जोनले बताइन् । उनले नेपाली समाजमा महिला पुरुष र श्रीमान श्रीमतीबिच बिभेद रहेको बताउदै दुई बिच सहकार्यको आवश्यकतामा जोड दिइन् । शिक्षाविद् जोर्ज जोनले स्व. लक्ष्मीको चर्चा गर्दे श्रीमान स्व. रमेशकान्त सिग्देलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । प्रतिभा छनोट समितिका संयोजक प्राध्यापक तारा बरालले सम्मानित डा. जोनका जीवनी बारे प्रकाश पारे । समाजसेवी तथा विकासप्रेमी विश्व सिग्देलले कार्यक्रममा स्वागत गर्दे स्व. लक्ष्मी सिग्देलले जीवनमा शिक्षा क्षेत्रदेखि सामाजिक क्षेत्रमा पुर्याएको योगदान आज सालको चुरो सरि बनेको उदाहरण दिए । उनले सिग्देल परिवारको शैक्षिक ,राजनीतिक र सामाजिक क्षेत्रमा भएको योगदानको मसिनोगरि चर्चा गरेका थिए ।
जुन घरमा नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भन्ने भनाइ सर्वपरि रहेको छ । आमा शिक्षित भए पक्कै पनि उनले घरमा शिक्षाको ज्योति फैलाउन सक्छिन् सोही वाक्यालाई पुरा गरेर स्वर्गमा पुगेकी छिन् लक्ष्मीदेवी सिग्देल । वि.स. १९९४ साउन १२ गते जन्मेकी लक्ष्मी सिग्देल भद्रकाली माविमा अध्ययनरत धेरै विद्यार्थीहरुको पूजनीय गुरुआमा बनिन् ।विद्यालयको गुरुआमा सँगै सिग्देल टोल हुदैँ वडा नं १३ कै असल छिमेकी बनेकी थिइन् ।
आमा लक्ष्मीको जस्तो सकरात्मक विचार र भावनालाई दैवलाई पनि लोभ लागेर होला धर्तीबाट वि.स.२०६९ पुस २० गते टपक्क टिपेर लग्यो । लक्ष्मी स्मृति पुरस्कारबाट पहिलो पटक शिक्षाविद् बलवीर सिंह नेगी र दोश्रोपटक समाजसेवी तथा उद्योगपति गणेशबहादुर श्रेष्ठ र तेस्रोपटक डा. जगमान गुरुङ सम्मानित भइसकेका छन् । आमाको स्मृतिमा छोरा बुहारी शरदकान्त सिग्देल / सपना सिग्देल र छोरी ज्वाई शारदा सिग्देल पराजुली / नारायण प्रसाद पराजुलीले अक्षयकोष स्थापना गरेका हुन् । पृथ्वीधर सिग्देल समाजका अध्यक्ष गोविन्दप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा परिरवारको तर्फबाट तथा लक्ष्मी आमाकी छोरी शारदा सिग्देल पराजुलीले धन्यवाद र पृथ्वीधर सिग्देल समाजका सचिव अर्जुन सिग्देलले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





