पोखरामा भोली (आइतबार) कलाकार र राजनीतिकर्मीबीच रोमाञ्चक मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
विवेकशील साझा पार्टी कास्कीको आयोजनामा पोखराको फुटबल मैदानमा विवेकशील साझा पार्टी र चलचित्र तथा हाँस्य टेलिसिरियलका कलाकार सम्मिलित बक्स अफिस टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको पार्टीका अध्यक्ष फणिन्द्र अधिकारीले जानकारी दिएका छन्। अधिकारीका अनुसार बिहानको ११ बजे खेल सुरु हुनेछ।
पोखराको पर्यटन प्रबद्र्धनका लागि राजनीतिकर्मी र कलाकर्मीका बीच मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको अधिकारीले उल्लेख गरे।
आफ्नो कप्तानीमा विवेकशील साझा पार्टीको टिम र चलचित्र निर्देशक दयाराम दाहालको कप्तानीमा बक्स अफिसको कलाकार टोली मैदानमा उत्रने अधिकारीले बताएका छन्।
बक्स अफिसको टोलीबाट दयाराम दाहाल, नायकहरु पुकार भट्टराई, कोशिष क्षत्री, नायिका फोना अधिकारी, हाँस्य कलाकारहरु शंकर आचार्य, दमन रुपाखेती र दिवाकर भण्डारीलगायतले मैत्रीपूर्ण फुटबल खेल्नेछन्।
आज (शनिबार) सर्ट मूभीज अवार्ड वितरणका लागि कलाकारको टोली पोखरा आइसकेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







