भूपु साना सहरी जोड्ने बाटो बन्यो, सभापति कोइरालाद्वारा उद्घाटन


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित




पोखरा
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटोको उद्घाटन गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति कोइरालाले उद्घाटन गरेका हुन् ।
कोइरालाले संघीय, प्रदेश र स्थानीय सरकारहरुबाट समेत सम्बोधन नभएका साना योजनाहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममले सम्बोधन गर्ने गरेको बताए । निर्बाचनको बेला भने जति काम विभिन्न कारणले पूरा हुन नसकेपनि शूरुवात भने भएको उनको भनाई थियो । उहाँले पहिलेको बजेटबाट पुरा नभएको बाटोलाई आगामीदिनमा निरन्तरता दिने बताए ।
माओबादी केन्द्रका युवा नेता समेत रहनु भएका कोइरालाले माओवादी काम गर्ने हःल्ला नगर्ने पार्टी भएकोले माओबादीले गरेको कामको जसपनि अन्यपार्टीले लिन खोजेको बताए । कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम उक्त क्षेत्रको सांसदले विनियोजन गरेर कार्यान्वयन हुने योजनापनि अन्य कुनै पार्टीले आफुले जसलिन खोज्छनभने त्यो उनिहरुकै समस्या भएको बताए ।
कोइरालाले बोल्ने र नबोल्नेहरुको प्रसंग जोडदै बास्तविक ग्याष्टिकको औषधी बेच्नेहरु किल्निक र अस्पतालमा हुने गरेको तर ग्याष्टिकको औषधी भन्दै काठको धुलोै बेच्नेहरु सडकमा डमरु बजाएर जनतालाई भ्रममा पार्ने गरेको बताए । डमरु बजाएर काठको धुलो बेच्नेले एकछिन मात्र्रै जनतालाई भ्रममा पार्न सक्ने तर धेरै दिन त्यस्ता भ्रम नटिक्ने दावी गरे ।
नेकपा माओबादी केन्द्रका नेता बोधराज लामिछानेले प्रदेश सांसद दीपक कोइरालाको पहलमा प्रदेश निर्बाचन क्षेत्रमा विकासको लहर आएको बताए । सवै संग मिल्न सक्ने जनता माझमा लोकप्रिय नेता भएकोलेनै जनताले आफ्नो दुखसुखमा सधै साथमा पाउने गरेको बताए । लामिछानेले कोइराला निर्वाचित भएपछि अहिलेसम्म विकास निर्माणमा भएका योजनाहरुको चर्चा गरे ।
नेकपा माओबादी केन्द्र वडानं २७का वडाध्यक्ष गोविन्द वाग्लले माओवादी जनताको मन मनमा बस्न सफल भएको पार्टी भएको बताए । गरिव जनताको घरमा घरमा विजुली, पानीको लागि माओबादीकै मन्त्रीभएको बेला मात्रै सम्बोधन भएको उनको भनाई थियो । दलित, जनजाति महिला, भुमिहिन,सुकुम्बासीहरुलाई अन्यपार्टीले उनिहरुको अधिकारको लागि कहिलै नबोल्ने तर भोट वैकको रुपमा मात्रै प्रयोग गर्ने गरेको भन्दै वाग्लले सवै बर्गको उत्थानको लागि माओबादी सधै लागि रहने बताए ।

बाटो निर्माण समितिका उपाध्यक्ष ललिता पराजुली ,सचिव दिपेन्द्र पराजुली लगायतले बाटो निर्माणले आफुहरुलाई धेरै सहज भएकोले आगामीदिनमा पनि आफ्नो ठाउँलाई प्राथामिकतामा पारेर बजेट बिनियोजन गरिदिन सभापति कोइराला संग आग्रह गरे ।
शनिबारनै सभापति कोइरालाले पोखरा २७मै पर्ने शिरोमणी गेटदेखि कृष्णप्रणामी मन्दिर धर्मशाला जोड्ने सडकको पनि अनुगमन गरे । सभापति कोइरालाले निर्माण ब्यबसायी मार्फत काम भएको उक्तसडकमा जनताको गुनासो आएकोले तत्तकाल समस्या समाधान गर्न पूर्वाधार कार्यालयका प्रमुख डाक्टर महेन्द्र बानियाँलाई निर्देशन दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।