पोखरा– १ याम्दीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदाँ पोखरामा एक जना घाइते बनेका छन्।
ग २० प ५८९१ नं को मोटरउसाइकलले शनिबार राती साढे ११ बजे ठक्कर दिदाँ पोखरा–८, रत्नचोक बस्ने पुरुषोत्तम तिमिल्सिना घाइते बनेको कास्की जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
पोखरा २८ स्थायी घर भएका घाइते तिमिल्सिनाको टाउको चोट लागेको कास्की जिल्ला ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी नायव निरीक्षक शिव पाठकले जानकारी दिएका छन्।
पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा घाइते तिमिल्सिनाको उपचार भइरहेको पाठकले बताए। ठक्कर दिने मोटरसाइकल र चालकलाई बगर प्रहरी चौकीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान थालेको ट्राफिक कार्यालयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







