मन गुरुङको डिजाइनर ड्रेसः सुपर मोडल नीति शाहले गरिन् पोखरामा ¥याम्प वाक


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित




पोखरामा शुक्रबार साँझ लेकसाईडमा ‘मन गुरुङ एटाएर फेसन नाईट’ गरिएको छ।

एस टी कृयशनको आयोजनामा फेसन डिजाइनर मन गुरुङको ड्रेसमा मिस नेपाल ईन्टरनेशनल २०१७ को बिजेता तथा सुपर मोडल नीति शाहले ¥याम्प वाक गरिन्। नीतिसँगै पोखराका चर्चित १० मोडलले ¥याम्प शेयर गरे। जसको कोरियोग्राफी जेनिता मगरले गरिन्।

फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाकहरुलाई ३ फरक/फरक सिक्वेन्समा प्रदर्शन गरिएको कार्यक्रम संयोजक तथा संचारकर्मी सचिन रानाभाटले जानकारी दिए। करिब १ महिना लगाएर तयार पारिएको पोशाक निकै आकर्षक र प्रभावकारी देखिएको थियो।

कार्यक्रमले साथी संसार पोखरामा आश्रित फरक क्षमता भएका २५ जना बालबालिकाहरुलाई पोशाक खाद्यान्न र औषधिको लागि १ लाख, १ हजार, १ सय, ११ रुपैयाँ समेत सहयोग गरेको छ।

डेन्टल बिषयमा स्नातक सकेर डेन्टल हाइजिनिस्टको रुपमा कार्यरत गुरुङले आफ्नो रुचीको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा आइएफसी फेसन कलेज पोखराबाट डिप्लोमा ईन फेसन डिजाइनिङ कोर्स गरेकी छिन्। पोखरामा सम्पन्न विभिन्न फेसन सो तथा सुन्दरी प्रतियोगितामा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकि छ्न्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।