म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
रु एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत रु २६ लाख ५७ हजार विनियोजन गरेको थियो । हाल माथिल्लो तलामा २०० जना अटाउने सभाहल निर्माण भइरहेको छ ।
भवन र सभाहल ठेक्कामार्फत रु ७६ लाख तथा उपभोक्ता समितिमार्फत रु ५३ लाखमा निर्माण अघि बढेको थियो । त्यसअघि गाउँपालिकालले सेवा प्रवाहका लागि ६ घर भाडामा लिएर मासिक रु ८५ हजार भाडा तिर्दै आएको थियो । अब मासिक रु ५० हजार घरभाडा बराबरको रकम जोगिने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







