स्याङ्जा । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोगमा स्याङ्जाको भीरकोट नगर अस्पतालमा सौर्य उर्जा जडान गरिएको छ ।
विद्युत् आपूर्तिमा पटक पटक समस्या देखिएपछि वैकल्पिक व्यवस्थापनका लागि नगरपालिकाबाट माग भई आएकाले युएनडिपी नेपालको रु ४० लाखको लागतमा सौर्य उर्जा जडान गरिएको युएनडिपी नेपालका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिए । अस्पतालमा १० केभिए क्षमताको ३० वटा सौर्य उर्जा प्यानल जडान गरिएको छ ।
कोभिड– १९ का समयमा आइसोलेशन सेन्टरकारुपमा रहेको यस अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने गरी तयारी भइरहेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए । अस्पतालले अब छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको डाइलोसिस सेवाका लागि सौर्य उर्जाले सहयोग पुग्ने विश्वास नगर प्रमुख खनालको छ ।
जिल्लाको मध्यभाग र सिद्धार्थ राजमार्गको नजिकै भएकाले पनि यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने तयारीसहित अगाडि बढिएको उनले बताए । उक्त अस्पतालमा सूर्योदय ऊर्जा प्रालिले सौर्य उर्जा जडान गरेको हो । जिल्लाको मध्यभाग भीरकोट नगरपालिका–१ हेलुमा अवस्थित भीरकोट नगर अस्पतालमा एकसय शय्या रहेपनि हाल ५० शय्याको स्वीकृति लिएर सञ्चालन भइरहेको छ ।
विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड– १९ का समयमा यस अस्पताललाई आइसोलेशन सेन्टरको रुपमा प्रयोगमा ल्याइएको थियो । अस्पतालमा हाल दैनिक ५० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले जानकारी दिए । अस्पतालमा हाल चिकित्सकसहित २३ स्वास्थ्यकर्मी कार्यरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५…







