नेकपा (एमाले) तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। श्रेष्ठ निर्वतमान उपाध्यक्ष समेत हुन्।
अन्य पदमा धेरैको दाबी परेपछि सर्वसम्मत हुनसकेको छैन। उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन विकले उम्मेदवारी दिएका छन्। सचिवमा विष्णुभक्त सिग्देल, कार्यालय सचिव राजेश्वर ढकालको उमेवारी परेको छ। उपसचिवमा प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल र देवु विष्टले उम्मेदवारी दिएका छन्। तनहुँ एमालेको नवौं अधिवेशनले १०५ सदस्यीय कार्यसमिति बनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







