नेकपा एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्।
शनिबारदेखि सुरु एमाले लमजुङको ८ औं जिल्ला अधिवेशनले अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको हो।
अधिवेशन अन्तर्गत निर्वाचनको क्रममा अध्यक्षको पदमा अधिकारीबाहेक अन्य कसैको पनि उमेदवारी परेन। यद्यपी, निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन।
निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले घोषणा नगरेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार अन्य पदाधिकारीमध्ये उपाध्यक्ष पदका लागि २ जना, सचिव पदमा २ जना र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







