२० औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा १० वटा टिमको सहभागी हुने भएको छ।
माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने यस संस्करणको प्रतियोगितामा आयोजक सहारा क्लब सहित ३ विभागीय, एक विदेशी टिम र ५ ए डिभिजन फुटबल क्लबले सहभागिता जनाउने आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
आयोजक सहारा क्लब, विभागीय क्लबहरु आर्मीको त्रिभुवन आर्मी क्लब, प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्रको एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र अमेरिकाको बीवाइएससी, मिनेसोता क्लबले सहभागिता जनाउने भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







