पाल्पा । तानसेन नगरपालिकाले ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशनमा ल्याएको छ । फरक क्षमता भएका दृष्टिविहीन नागरिकको बजेट तथा सूचनासम्बन्धी पहुँच विस्तार गर्न ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशन गरिएको जनाइएको छ ।
जिल्लामा पहिलो पटक ब्रेललिपिमा बजेट समावेश गरी पुस्तिका प्रकाशनमा ल्याइएको हो । फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेट पुस्तक अध्ययन गरी नगरपालिकाको बजेटसम्बन्धी जानकारी पाउन सहजता हुने नगर प्रमुख शाहीले बताए ।
नगरपालिकाभित्रका फरक क्षमता भएका नागरिकको चाहना र मागअनुसार बजेट पुस्तक ब्रेललिपिमा प्रकाशित गरिएको हो । नगरको बजेट, नीति तथा कार्यक्रम सर्वसाधारणको फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेटसम्बन्धी पुस्तक ब्रेललिपिमार्फत अध्ययन गर्ने व्यवस्था गरिएको नगर प्रमुख शाहीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







