रोल्पा जाँदै गरेको जीप सल्यानमा दुर्घटना


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

कार्तिक २२ सल्यान । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा तीन जानको घट्नास्थलमै मृत्यु भएको छ ।

शनिबार साँझ तुल्सीपुरबाट रोल्पाका लागि छुटेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने जीपमा सवार अन्य ५ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।