आजदेखि ३५ हजार विद्यालयहरु बन्द

- शिक्षा मन्त्रालयले बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




सरकारले आज (मंगलबार)देखि आधारभूत र माध्यमिक तहका विद्यालयहरु बन्द गराएको छ।

कोभिड–१९ को संक्रमणमा बृद्धि भएपछि सरकारले आजदेखि १५ माघसम्मका लागि बन्द गरेको हो।

२५ पुसको सीसीएमसीसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन। यद्यपि, परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न भनिएको छ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाईमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ। साथै, शिक्षा मन्त्रालयले बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। कठमाण्डौं र ललितपुरमा आजदेखि बालबालिकालाई खोप लगाइँदैछ।

शिक्षा मन्त्रालयको प्रेस विज्ञप्ति


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।