राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




मध्यपुरथिमि । नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको एकैचोटी हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट २२ वटा समूहमा १४० खेलाडीको सहभागिता रहेको जानकारी दिए ।

आजदेखि २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी वजन समूमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विजयीमध्ये महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० वटा पदक प्रदान गरिनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।