पोखरा, पुस २७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको चुनावमा उक्त मत खसेको हो । कास्कीमा एमालेका ९१९ सदस्य थिए । जसमा ८९६ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।
विहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म भएको थियो । निर्वाचनले एमाले कास्कीको नया नेतृत्व चयन गर्नेछ ।
एमाले कास्कीको नया नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा छ । एउटा समूहलाई नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङको समर्थन छ भने अर्को समूहलाई संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन रहेको छ ।
एमाले कास्कीको अध्यक्षमा दामोदर बैरागी र मनबहादुर गुरुङ चुनावी मैदानमा छन् । बैरागीलाई अधिकारीको समर्थन छ भने गुरुङलाई पृथ्वी सुब्बा गुरुङको समर्थन छ ।
त्यस्तै उपाध्यक्षमा अधिकारी समूहका प्रभा कोइराला र गुरुङ समूहका तेजनारायण अधिकारी, सचिवमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्री र गुरुङ समूहका विष्णुबहादुर केसीको उम्मेदवारी छ ।
यसैगरी दुई उप–सचिवमा अधिकारी समूहबाट दर्शन लामा र नवराज ओझा तथा गुरुङ समूहबाट मनभुजा विक र ईमानराज पौडेल र स्वतन्त्र उम्मेदवार सुनकुमारी भुजेल चुनावी मैदानमा छन् ।
मतदान सकिएकाले साँझ ६ बजेदेखि मतगणना शुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत थापा मगरले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






