नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर

- उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा बैनबहादुर क्षत्री र उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित




नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी बनेका छन्।

पार्टीको १० औं अधिबेशनबाट अध्यक्षमा गुरुङ विजयी बनेका हुन्।

गुरुङले प्रतिद्वन्द्वी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै कास्की एमालेको अध्यक्षमा निर्वाचित भए।

मंगलबार भएको निर्वाचनमा गुरुङले ४५६ मत ल्याए भने बैरागीले ४०७ मत ल्याए।

उपाध्यक्षमा तेजनारायण अधिकारी निर्वाचित भएका छन्। अधिकारीले प्रतिद्वन्द्वी प्रभा कोइरालालाई ८ मतान्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भए। अधिकारीले ४२१ मत ल्याउँदा कोइरालाले ४१३ मत ल्याइन्।

त्यस्तै, सचिवमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन्। क्षत्रीले प्रतिद्वन्द्वी बिष्णु केसीलाई १११ को भारी मतान्तरले पछि पार्दै सचिव पदमा निर्वाचित भए। क्षत्रीले ४७५ मत ल्याउँदा केसीले ३६४ मत ल्याए।

त्यस्तै, उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित भएका छन्। उपसचिव पदको निर्वाचनमा लामाले लोकप्रिय मत जोड्दै। लामाले सर्वाधिक ५४० मत ल्याए। लामा पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष समेत हुन्।

त्यसैगरि, नवराज ओझाले निर्वाचनमा ४४३ मत बटुल्दै उपसचिवमा विजयी बने। उनी रुपा गाउँपालिका अध्यक्ष हुन्।
उपसचिव पदमा ४ जनाको उमेदवारी परेको थियो। उपसचिव पदका अन्य उमेद्वारमध्ये इमानराज पौडेलले ३५५ मत ल्याए। त्यस्तै, मनबुजा बि.क.ले २३७ मत ल्याए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।