नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ निर्वाचित भएका छन्।
आठौँ अधिवेशन अन्तर्गत मंगलवार भएको निर्वाचनमा गैह्रे ४४० मतसहित विजयी बनेका हुन्।
प्रतिद्वन्द्वी नारायण मरासिनीले २५७ मत ल्याए।
उपाध्यक्ष पदमा यसअघि नै कृष्ण खाँण निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यस्तै सचिवमा राजेन्द्र डुम्रे विजयी बनेका छन्। डुम्रेले ३९४ मत सहित विजयी बनेका हुन्। प्रतिद्वन्द्वी भूपराज अधिकारीले २८० मत ल्याए।
उपसचिवमा विश्व पौडेल ३९५ र तारा शर्मा ३७३ मतसहित विजयी बनेका छन्। उपसचिवका अन्य उमेदवार जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ र जीवन पौडेलले १५८ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







