ब्राउन सुगरसहित तीन युवक पक्राउ


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

सिरहा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लहान नगरपालिका– १२ पडरिया चोकबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट लागुऔषध ब्राउन सुगर ५ दशमलव ५ ग्राम, नगद रु ११ हजार र दुई थान मोबाइल बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।