निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने उल्लेख गरेको छ।
आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो।
राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कूल २ हजार २५ जना मतदाता छन्। ५३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरि कोभिड–१९ को प्रकोप बढ्दै गएको छ। आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुुझाव लिनेछन्।
मतदाताको भीड व्यवस्थित बनाउन आयोगले निर्णय गरे मतदान केन्द्र थप्न सक्नेछ। आयोगले हाल ८ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ। प्रत्येक मतदानस्थलमा २÷२ वटा मतदान केन्द्र रहनेछन्। ७ वटै प्रदेशका ८ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन्।
प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा २ वटा मतदानस्थल रहनेछन्। राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठकसमेत बोलाइएको छ।
गोरखापत्रमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन…






