सांकेतिक तस्बीर
कोदालो प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
व्यास नगरपालिका– ११ दरैपधेरा निवासी २३ वर्षीय पूजन तिवारीले पोखरा घर भएका २६ वर्षीय किरणकुमार गुरुङको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ।
बिहान गुरुङको हत्या भएपछि घटनास्थल पुगेको प्रहरीले हत्या गरेको व्यक्ति फरार भएपछि खोजी गरेको थियो। बिहीबार विहान आफ्नो घर नजिकै हत्या गरेपछि फरार रहेका तिवारीको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डले पक्राउ गरेको थियो।
डुम्रे बजारमा सवारी साधनको चेकजाँच गरी अभियुक्तलाई प्रकाउ गरिएको प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







