प्रेस चौतारी बागलुङको अध्यक्षमा नबिन शिशिर बिक


     एभरेस्ट आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित




प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा नविन शिशिर बिक सर्वसम्मत चयन भएका छन्।

बिहिबार बागलुङ बजारमा सम्पन्न छैटौं जिल्ला अधिबेशनले बिकको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा सिर्जना पन्त र झरना कँडेल, सचिवमा कमल पौडेल, उपसचिवमा अर्जुन कार्की र हेम बिक तथा कोषध्यक्षमा खेमराज गौतम (सुवास) चयन भएका छन्।

कमिटीको सदस्यमा मनिषा शर्मा, दिवाकर उपाध्याय, राम खत्री, साधना पन्त, रोहन जिसी, अनिस पाठक, बिक्रम पौडेल, सचदेव क्षत्री, कृषिता अधिकारी, करिश्मा क्षत्री, जीवन पाण्डे र शिव बोहरा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।