बागलुङका कृयाशील पत्रकारहरु रामकृष्ण शर्मा, रामकृष्ण बोहरा र गणेश पौडेललाई प्रेस चौतारी बागलुङको कृयाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
उनीहरुलाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी कृयाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो।
बोहरालाई प्रेस चौतारी बागलुङको कृयाशील पुरस्कार २०७५ बाट शर्मा, २०७६ बाट बोहरा र २०७७ बाट पौडेललाई पुरस्कार प्रदान गरेको हो।
पुरस्कार राशी जनही १० हजार रहेको छ। नेकपा एमाले पोलिटब्युरो सदस्य लिलबहादुर थापाले उनीहरुलाई दोसल्ला ओढाएर पुरस्कार राशी र सम्मानपत्र प्रदान गरे।
जिल्ला शाखाले हरेक बर्ष प्रदान गर्दै आइरहेको पुरस्कार कोरोना महामारीका कारण ३ बर्ष यता वितरण हुन सकेको थिएन।
यसअघि, सो पुरस्कारबाट हरिनारायण गौतम २०७३ र रामबहादुर जिसी २०७४ बाट पुरस्कृत भइसकेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







