मादी गाउँपालिकाका प्रमुख गुरुङलाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित




पोखरा

मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)लाई कोरोना संक्रमण भएको छ । प्रमुख गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

प्रमुख गुरुङले शुक्रबार विहान फेसवुकमा लेखेका छन्,‘४ दिन अगाडिदेखि मलाई घाँटी दुख्ने÷असहज हुने, थकान महशुष हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, हल्का शरिर तातिएको महशुष हुने, नाकबाट पानी आउने÷बन्द हुने भएपछि आज विहान एन्टिजेन परीक्षण गर्दा पोजिटिब रिपोर्ट आयो ।’

प्रमुख गुरुङले रिपोर्ट पोजिटिभ आएदेखि नै होम आइसोलेसनमा बसेको जनाएका छन् । साथै उनले पछिल्लो ४ दिनमा आफूसँग प्रत्यक्ष रुपमा भेटिएका, घुलमिल भएका साथीभाई, आफन्तलगायतलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।