‘कोरोना संक्रमितको डाक्टर संक्रमित स्वयम् हो’


     कृष्णमणि बराल    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

काेभिड–१९ कोरोना संक्रमण भएको ३४ औं दिनमा चाैथाे पटक दिएको पीसीआर रिपोर्ट आइतवार नेगेटिभ आएको छ । कोरोना संगको लडाईमा आइसोलेशनमा रहदा स्वास्थ्यलाभको कामना गर्नु हुने, बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नु हुने, घरमै आएर उर्जा थप्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा मुरी मुरी धन्यवाद ।

कोरोनाको उपचार गर्ने डाक्टर संक्रमति स्वय‌ आफै हो । कोरोना भाइरसको औषधी, खोप अहिले सम्म बनिसकेको छैन् । दीर्घ रोगी भए पहिले जुन जुन औषधी सेवन गर्नु हुन्छ त्यो औषधी नियमित सेवन गर्नु नै प¥यो । बाँकी औषधी भनेको संक्रमणको बेला जे जे समस्या आइलाग्छन त्यही त्यहीको औषधी प्रयोग गर्ने हो । जस्तै ज्वरो आए ज्वरोको, खोकी लागे खोकीको । कोभिडको औषधी त बनेकै छैन । अर्को प्रमुख औषधी भनेको कोरोनालाई परास्त गर्न सक्छु भन्ने आत्म विश्वास, मनोबल उच्च बनाउनु नै हो । नियमित तातोपानीको बाफ लिने, तातो पानी, बेसार पानी, तातो सुप प्रशस्त खानुहाेस । पौष्टिक खाना, कागती पानी, अदुवा नियमीत रुपमा रुटिङ मिलाएर खाने र व्यायाम गरेमा यसलाई सजिलै जित्न सकिन्छ । बृद्ध बुवाअामा, बालबालिका र दीर्घ राेगीलाई भने स्याहार सुसार र नियमीत खानपान मिलाउनु पर्ने हुन्छ । अाकस्मिक स्वास्थ्य समस्या जटिल बन्न सक्छ । त्यसलाई ध्यानमा राख्दै सक्ने अवस्था भए घरमै अक्सिजन दिन मिल्ने गरि तयारी गर्दा स्वास्थ्य जटिल बनिहालेकाे अवस्थामा अस्पताल सम्म लग्न सहज हुने छ ।

कोरोनालाई सजिलै जितिन्छ भनेर स्वास्थ्यको ख्याल नगर्ने, अनुशासनमा नबस्ने हो भने कोरोना काल पनि बन्न सक्छ । कति जनाले रक्सी खाए कोरोना लाग्दैन भन्ने गरेकाे पाइएकाे छ । कोरोना संक्रमितले पनि एक दुई प्याक रक्सी पिए ठीक हुन्छ भन्ने समेत सुनिदै आएको छ । यसो गर्नु आप्नो स्वास्थ्यमाथी खेलवाड गर्नु हुने छ । होम आइसोलेशनमा रहेका बिरामीले स्वास्थ्यको बढी ख्याल गर्नु पर्छ । अस्पतालमा रहेका बिरामीलाई आकस्मिक रुपमा केही भइहाले स्वास्थ्य कर्मी डाक्टर निगरानीमा हुन्छन तर होम आइसोलेशनमा रहेकाका लागि त्यो सुबिधा हुँदैन । त्यसैले श्वासप्रश्वासमा समस्या भएमा वा अरु कुनै जटिल समस्या आएमा तुरुन्तै डाक्टर संग सम्पर्क गर्नु पर्दछ । कोरोना संगको लडाईमा रहनु भएका सबैलाई छिटो निको हुनुहोस हार्दिक शुभकामना छ ।

कोरोनालाई यस अघि नै परास्त गर्नु हुने सबैलाई बधाई । तर कोरोना जिते भनेर ढुक्क हुने अवस्था भने छैन् । बैज्ञानिकलाई मात्र होइन भगवानलाई समेत तीन छक पार्दै मानव कालकाे रुपमा फैलिएकाे काेरोना एक पटक लागेपछि फेरि सर्दैन भन्ने कुनै बैज्ञानिक आधार अहिले सम्म छैन् । त्यसैले कोरोनालाई जिते पनि पहिलेको जस्तै सर्तकता अपनाएर सुरक्षित रहनु पर्ने छ । सबैले स्वास्थ्यको ख्याल गर्नु होला । सुरक्षित रहनु होला । Finally, my PCR test is negative. Thank you to everyone who prayed and encouraged me during the time I was in isolation.

सबैमा हार्दिक धन्यवाद तथा आभार ।

कोरोना संक्रमित बराल पत्रकार हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।