साङ्केतिक तस्विर
पर्वतमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङ रहेको प्रहरीले जनाएको छ।
मोदी गाउँपालिका–५ आम्वोट नजिकै सोमबार दिउँसो पोखरा–बागलुङ सडकमा पोखराबाट पर्वततर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्बरको मोटरसाइकल र बागलुङबाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्बरको बस एकआपासमा ठोक्किएका हुन्।
दुर्घटनामा गंभीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो। बसमा सवार यात्रु भने सकुशल रहेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







