लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित




पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।

वायर्न म्युनिकका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्।

३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए। उनले बुन्डेसलिगाअन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए। लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे।

म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ। रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो।

सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गरे। चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे। डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो। महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।