कविता घर्तीमगर,
0४ माघ,कास्की। पोखरामा सम्पन्न भएको एक कार्यक्रममा प्रशिक्षर्थीहरुले तालिमबाट काम गर्न थप हौसला जागृत भएको बताएका छन्
गत पौष २८ गतेदेखि जारी रहेको एक हप्ते आधारभुत पत्रकारिता तालिमको आज औपचारिक समापनका क्रममा प्रशिक्षार्थीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा पहिलो पाईला टेक्दै गरेको नयाँ पत्रकारलाई विषय वस्तु छनौट तथा समाचार लेखनमा आधारभुत ज्ञान हासिल भएको प्रशिक्षार्थी अन्जु वरालले बताईन् । उनले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा सदुपयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।
समाचारको सिद्धान्त र समाचारको प्रभावबारे तालिमबाट सिक्ने मौका पाएको अर्का प्रशिक्षार्थी रिषिराम रानाभाटले बताए । उनले समाजमा बसेर पत्रकारिता गरिरहदा समाजमै आम जनचासोका रुपमा रहेका विषयहरु समेट्न नसिएको आभाष भएकोले अवकोे पत्रकारिता त्यस तर्फ केन्द्रित गर्नुपर्ने बताए ।
लैंगिक समानता तथा समावेशीकरणमा कलम चलाउदा अझै पत्रकारिताको प्रभाव पर्ने तालिमबाट सिकेको तालिमका प्रशिक्षार्थी अमृता गोतामेले बताईन् ।
तालिममा प्रमुख प्रशिक्षणका रुपमा रहनु भएका नेपाल पत्रकार महासंघ केन्द्रिय समितीका पुर्व अध्यक्ष धर्मेन्द्र झाले ईच्छाशक्ति भएका ब्यक्तिका लागि सिक्ने मार्ग र जागिरका अवसरहरुपनि प्रशस्त भएकोले आत्माविश्वासका साथ पत्रकारिता गर्न सुझाव दिए । आफ्नो पालामा निकै कठिन पत्रकारिता प्रारम्भ भएको भन्दै उनले अहिलेका पुस्तालाई धेरै स्रोत साधनको सेवासुविधा भएकोले खोजमुलक पत्रकारितामा दक्ष हुन आग्रह गरे । साथै उनले आफुले प्रशिक्षण गरेको प्रशिक्षार्थी अवको १० वर्षमा माथिल्लो तहसम्म पत्रकारिता गरिरहेको देख्न चाहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको कार्यक्रम प्रबन्धक संघर्ष पन्तले कास्कीका पत्रकारहरु संख्यात्मक मात्रै नभै गुणात्मक रुपमा उत्पादन गर्नका लागि तालिमको आयोजना गरिएको बताईन् । उनले तालिम समपन्न भएपनि प्रशिक्षार्थीहरुसंग सहकार्य तालिमपछिको उनिहरुको कामबाट वल्ल सुरु हुने बताईन् ।
त्यसै गरि नेपाल पत्रकार महासंघ शाखा कास्कीका विमला भण्डारीले पोखराका पत्रकारहरुलाई आवश्यक तालिम, अवसर तथा सल्लाहसुझावका लागि पत्रकार महासंघ सदैव अभिभावकत्व प्रदान गर्न हरदम तयार रहेको बताईन । उनले पत्रकारीता गरिरहदा लैंगिक हिंसा तथा दुव्र्यावहारका लागि महासंघले खवरदारी मात्र नभै सिधै एक्सनमा जाने भएकोले स्वतन्त्र पत्रकारिता क्षेत्रमा पाईला अगाडी वढाउन आग्रह गरिन् ।
कास्कीका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको तालिम नेपाल पत्रकार महासंघ केन्द्रिय समितीको आयोजना, महासंघ शाखा कास्कीको संयोजन तथा ईन्टरनेशनल अलर्ट र युरोपियन युनियनको आर्थिक सहयोगमा भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







