भोलीदेखि मनकामना मन्दिर पनि बन्द


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ।

मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते (बिहीबार) देखि माघ मसान्तसम्म नित्यवाहेकका पूजामा रोक लगाउने निर्णय गरेको बताइएको छ।

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङका अनुसार धार्मिक शक्तिपीठहरू बन्द गर्ने नेपाल सरकारको पुस ३० गतेको आदेशलाई कार्यान्वयन गरिएको हो।

मन्दिरमा भक्तजनबाट हुने बलीपूजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ।

मनकामना मन्दिरमा कोरोना संक्रमण फैलिनुअघि दैनिक २ हजारको हाराहारीमा भक्तजनले भ्रमण गर्ने गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।