कोरोना अपडेट : गण्डकीमा परीक्षण गरिएका आधाभन्दा बढीमा संक्रमण पुष्टि

- एकैदिन ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना परीक्षण गरिएका मध्य आधाभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले अध्यावधिक गरेको पछिल्लो कोभिड – १९ सम्बन्धी विवरणमा जनाइए अनुसार एक हजार ३०१ जनामा गरिएको परीक्षणमा ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा सबैभन्दा बढी कास्कीका ३६५ जना, स्याङ्जाका ८५, तनहुँका ८३, गोरखा ५८, नवलपरासी पूर्वका ४६, म्याग्दीका १९, बाग्लुङका ११, पर्वत ५ र मुस्ताङमा १ जना संक्रमित थपिएका छन् ।

आज थपिनेको संख्या मंगलबारको तुलना ७७ जनाले बढी हो । हिजो ६२६ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार परीक्षणको दायरा बढेपछि संक्रमितको संख्यापनि बढेको हो ।

यस्तै सोही अवधीमा ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।


हालसम्म प्रदेशका ९१ हजार ३५८ जना कोरोना भाइरस संक्रमित हुँदा ८७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । गएको पुस २४ गते संक्रमित भएका उनको जिल्ला अस्पताल लम्जुङमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यो सहित हालसम्म प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४२९ पुगेको छ ।


अव प्रदेशभर २ हजार ७८४ जना सक्रिय संक्रमित छन् । ति मध्य २ हजार ७११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशका कास्की, स्याङ्जा, नवलपरासी पूर्व र तनहुँमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको पनि निर्देशनालयले विज्ञप्तीमा अध्यावधिक गरेको छ ।

यो पनि पढ्नुहोस्

कर्मचारीमा कोरोना देखिएसँगै जिल्ला प्रशासन कार्यालय कास्कीको पासपोर्ट, राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।