पोखरामा आज ((बिहीबार) देखि २० औं संस्करणको आहा रारा गोल्डकपप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
सहारा क्लब पोखराले नियमित संचालन गर्दै आएको प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा हुने यस संस्करणको उद्घाटन खेल भने आज आयोजक सहारा क्लब र विभागीय सशस्त्रको एपीएफ क्लबबीच हुनेछ।
उद्घाटन खेल आज (बिहीबार) दिउँसो साढे २ बजे सुरु हुने क्लबले जनाएको छ।
आयोजक सहारा क्लब पोखराले माघ ६ देखि हुने यस संस्करणको आहा रारा गोल्डकपको खेलतालिका भने मंगलबार सार्वजनिक गरिसकेको छ।
नक आउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजक सहारा, ए डिभिजन लिगका मनाङ मस्र्याङदी क्लब, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, ए डिभिजनकै ३ विभागीय क्लबहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा विदेशी क्लब भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







