टी–ट्वान्टी विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को-को समावेश भए टोलीमा ?


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित




काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहीबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

पहिला छानिएका ३० मध्ये अहिले १६ जना छनोट भएका हुन् ।टिममा प्रदीप ऐरी, जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक स्थान बनाएका छन् । यस्तै, विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् ।

नेपालले टी–ट्वान्टी विश्वकप छनोटमा सन्दीप लामिछानेको कप्तानीमा खेल्ने छ । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।

छनौट भएका नेपाली टिममा सन्दीप लामिछाने (कप्तान),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल,दिपेन्द्र सिंह ऐरी,शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम लगाएत समावेश भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।