पोखरा, माघ ६
नेपालका राष्ट्रिय खेलाडी अञ्जन विष्ट सहारा उत्कृष्ट वर्ष खेलाडी (सहारा प्लेयर अफ दी इयर) घोषित भएका छन् । नेपाली राष्ट्रिय टिमका स्ट्राइकर तथा मनाङमस्र्याङ्दी क्लवका टिम क्याप्टेन विष्ट सहारा क्लव पोखराले वर्षेनी प्रदान गर्ने सहारा उत्कृष्ट वर्ष खेलाडी बन्न सफल भएका हुन् ।
विष्टलाई सहारा क्लव पोखराले आयोजना गरेको २० औं आहा ! रारा गोल्डकपको उद्घाटनको अवसरमा नगद ३५ हजारसहित सम्मानपत्र र दोषल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्लवका अध्यक्ष सुरज गुरुङलगायतले विष्टलाई सम्मान पत्र र दोषल्ला ओढाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







