मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्यो


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




मुग्लिन–नाराणगढ सडक खण्डमा शुक्रबार राती सुख्खा पहिरो खसेको छ।

मध्यरातको साढे २ बजे खसेको सुख्खा पहिरोका कारण सो सडक खण्डक अवरुद्ध भएको समाचार छ।

ईच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायातसमेत अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको जनाएको छ। पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने प्रहरीको भनाई छ।

टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो। ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएकाले बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो पन्छाएर सवारी सुचारु गर्न मध्यान्हसम्म लाग्ने बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।