पोखराको मेडिप्लस हस्पिटल अब ई–सेवाबाटै अपोइन्मेन्ट लिन सकिने


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




पोखरा । पोखराको मेडिप्लस हस्पिटल पोखरामा अब ई–सेवा अपोइन्मेन्ट तथा सेवा शुल्क तिर्न सकिने गरि सम्झौता भएको छ ।

सम्झौतापत्रमा ईसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहोरा र हस्पिटलका अध्यक्ष रमेश थापाले हस्ताक्षर गरेका छन् ।

यसबाट आफूले जाँच गराउँने डाक्टरको उपस्थिति र उपलब्धताबारे अग्रिम जानकारी लिन सकिने छ । यसका साथै टिकट काउन्टरमा लाइन लाग्ने झण्झटबाट मुक्ति मिल्ने, समयका साथै खर्चको बचत हुने अपोइन्टमेन्ट रद्ध गर्दा अस्पतालको नियम अनुरूप पूर्ण वा आंशिक शुल्क फिर्ता हुने र अपोइन्टमेन्टको समय पुनर्निर्धारित गर्न मिल्ने, अपोइन्टमेन्टको दिन इसेवा एपबाटै सूचना आउने लगायत लाभ सेवाग्राहीले लिन सक्ने बोहोराले जानकारी दिए ।

सम्झौता कार्यक्रमा हस्पिटलका सञ्चालक डा. सरोज पोखरेल, रामजी प्रसाद पोखरेल, प्रवन्धक गौतम पौडेल र इसेवा मनी ट्रान्सफरका गण्डकी प्रदेश इन्चार्ज विजय क्षेत्री र अनिल खड्का, अफिसर सन्देश सापकोटा, सुसन पौडेलको पनि उपस्थिति थियो ।

यो सेवाको सुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने कम्पनीको दाबी छ ।

कोभिड–१९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न सक्ने हस्पिटलका अध्यक्ष थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।