लमजुङ जिल्ला अस्पतालले ‘हेल्लो डाक्टर’ सेवा संचालनमा ल्याएको छ।
लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिएपछि स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि ‘हेल्लो डाक्टर’ सेवा सुरु गरेको हो।
कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमण जोखिम बढिरहको अवस्थामा अस्पतालमा कोरोनाको संभावित जोखिम र अन्य बिरामीको चाप बढेपछि घरमै बसेर पनि डाक्टरको परामर्श लिने व्यवस्थासहित ‘हेल्लो डाक्टर’ सेवा पुन सुरु गरेको अस्पतालले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका व्यक्ति तथा कोरोना भाइरसको आशंका वा लक्षण देखा परेका व्यक्तिले स्वास्थ्यसम्बन्धी सल्लाह तथा परामर्श लिन मोवाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन्।
कोरोनासँग सम्वन्धित मात्र नभई अन्य स्वास्थ्यसम्वन्धी समस्या भएका विरामीहरुले समेत उक्त नम्वरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ। अस्पतालले यसअघि कोरोना संक्रमण जोखिमकै अवस्थामा गत बैशाखमा पनि ‘हेल्लो डक्टर’ सेवा संचालन गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







