शनिबार आहा रारा गोल्डक कपमा एपिएफ क्लव र अमेरिकाको बिवाईएससी मिनेसोटा खेल्दै


     एभरेस्ट आवाज    
     माघ ८ गते २०७८ मा प्रकाशित




पोखरा । सहारा क्लवको आयोजनामा पोखरामा जारी आहा रारा गोल्डक कपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लव र अमेरिकाको बिवाईएससी मिनेसोटाबीच खेल हुँदै छ ।

पहिलो क्वाटरफाइनल चरणको पहिलो खेल आज दिँउसो २ बजेदेखि रंगशालामा हुन लागेको हो ।

यस अघि उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई २ –० ले पराजित गरेको एपिएफले क्वाटरफाइनलमा प्रवेश गरेको हो । भने बिवाईएससी सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

प्रतियोगितामा विभागिए टोली एपिएफको यो १५ पटकको सहभागिता हो भने अमेरिकाको बिवाईएससी मिनेसोटा पहिलो पटक सहभागि हुँदै छ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित ए डिभिजनका मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रीस्टार र हिमालयन शेर्पा क्लब सहभागि छन् । जसमध्य प्रतियोगिताबाट आयोजक सहारा क्लव र हिमालयन शेर्पा क्लब भने बाहिरी सकेका छन् ।

प्रतियोगिताका विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार राशीको उपाधि प्राप्त गर्ने छन् ।

माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतिस्पर्धालाई सहारा क्लब हङकङले दोस्रो पुरस्कार प्रायोजन गरेको छ । सर्वोत्कृष्ठ खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्ने छ । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गर्दै आएको छन् । उनले यो वर्ष पनि निरन्तरता दिएका छन् । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्यबहादुर केसी स्मृतिको नामबाट प्रदान गरिने छ । प्रत्येक विधाको विजेताले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीले ट्रफीसहित नगद ८ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ठ पाँच, प्लयेर अफ दि म्याच, सर्वोत्कृष्ठ खेलाडी, अनुशासित टोलीको ट्रफी तथा खेलाडीलाई दिईने पदकको पुरस्कार प्रायोजन सहारा युकेले गरेको छ । क्लबले उदघाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान गरिने जनाएको छ । नगद ३५ हजार रुपैयाँसहित दोसल्ला ओढाई सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मानको प्रायोजन सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, पोखरा महानगर खेलकुद विकास समिति, सहारा क्लब युके, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहेको छ । प्रतियोगितामा १ करोड ३६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । बचत रकम २०७० सालदेखि आवासिय रुपमा शुरु गरेको सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई खर्च गरिने छ । क्लबले तेस्रो व्याचका २४ जना बालकलाई आश्रय दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।