मनाङ प्रवेश गर्न अनिवार्य खोप कार्ड


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७८ मा प्रकाशित




मनाङमा प्रवेश गर्ने सवारी चालकसहित यात्रुलाई खोप कार्ड अनिवार्य गरिएको छ।

कोरोनाका सक्रिय संक्रमित शून्य रहेको जिल्लामै कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई मास्कसमेत अनिवार्य गरिएको छ।

मनाङमा हालसम्म कोरोनाको सक्रिय संक्रमित नरहेको अवस्थामा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बताइएको हो।

मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ४ जनाको मृत्यु भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।