चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश टिमले तेस्रो स्थान हात पारेको छ।
प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि शनिबार भएको भएको खेलमा गण्डकीले प्रदेश नं २ लाई टाइब्रेकरमा २–१ गोलले हराउँदै तेस्रो भएको हो।
गण्डकीले ट्रफीसहित नगद १५ हजार रुपैयाँ हात पारेको छ।
निर्धारित ६० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। सेमिफाइनलमा गण्डकी नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मीसँग ३–० ले पराजित बनेको थियो।
प्रतियोगिताको उपाधि भने नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले जितेको छ। शनिबार नै भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै नेपाल आर्मीले उपाधि जितेको हो।
आर्मीका लागि खेलको ५२ औँ मिनेटमा जर्सी नम्बर ३० की सरस्वती तामाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो। फाइनल खेलको उत्कृष्ट खेलाडी आर्मीकी सितामाया बल बनिन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकै अन्जना चन्द ठकुरी बनिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







