पोखराका ३ सहित गण्डकी प्रदेशमा कोरोनाले आईतबार ४ जनाको मृत्यू भएको छ । पोखराका ३ र स्याङ्जाको १ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकोछ ।
पछिल्लो पटक पोखरा महागनरपालिका वडा नम्बर ८ का ६७ वर्षिय कोरोना संक्रमित पुरुषको आईतबार मृत्यू भएको छ । गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचाररत उनको राती १ बजेर १६ मिनेट जाँदा मृत्यू भएको निर्देशनालयले जनाएको छ । कात्तिक १३ गते कोरोना संक्रमण भएका उनमा कोरोनाको अलावा निमोनियासमेत रहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का ७५ वर्षिय कोरोना संक्रमित महिलाकोपनि मृत्यू भएको छ । गण्डकी मेडिकल कलेज (जिएमसी)मा नै उपचाररत उनको आईतबार विहान सवा ५ बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा कोरोनाको अलावा निमोनियाकोसमेत समस्या रहेको जनाइएको छ ।
पोखरा १३ का ९२ वर्षिय पुरुषको कोरोनाले मृत्यू भएको छ । होम आइसोलेसनमा बसेका उनको शनिबार विहान मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ७ घर भएका ५० वर्षिय पुरुषकोपनि कोरोनाले मृत्यू भएको छ । लुम्विनी मेडिकल कलेज पाल्पामा उपचाररत उनको आईतबार विहान पौने ८ बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । कात्तिक १८ गते कोरोना संत्रमण पुष्टि भएका उनमा कोरोनाका साथै मधुमेहलगायतका रोग रहेको उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







