पोखरा, माघ ९
फुटबलको बाघ भनेर चिनिने मनाङमस्र्याङ्दी क्लव पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा आइतबार भएको खेलमा विभागीय नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले स्तब्ध पार्दै मनाङ सेमीफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको मनाङले दोश्रो हाफमा २ गोल ग¥यो । पहिलो हाफ भन्दा दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मनाङले खेलको ६४ औं मिनेटमा गोलको खाता खोल्यो । मनाङका लागि रुपेश केसीले गोलको खाता खोल्दै टिमलाई अग्रता दिलाए । उनले पुलिसका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए । पुलिसका फिडफिल्डर हेमन्त श्रेष्ठले दिएको ब्याक पासमा अजित भण्डारी क्लियर गर्न चुक्दा त्यसको फाइदा रुपेसले उठाएका थिए । उनले सहजै जाली चुमाए ।
मनाङले ८८ औं मिनेटमा अन्तर दोब्बर पार्दै जित सुनिश्चित गरे । मनाङका लागि विदेशी खेलाडी अफिल ओलावालेले गोल गर्दै मनाङको जित सुनिश्चित गरेका हुन् । उनले बिपक्षी टिमका डिफेन्डर भोलानाथ सिलवाल र अजित भण्डारीलाई छक्याउँदै जाली चुमाए ।
खेलको अन्त्यतिर मनाङ १० खेलाडीमा सिमित भएको थियो । खेलको ८७ औं मिनेटमा विमल राना घाइते भएपछि मनाङ १० खेलाडीमा सीमित भएको हो । तर १० खेलाडीमा सिमित भएको एक मिनेट नबित्दै थप गोल गरेर मनाङले आफू बलियो भएको स्पष्ट प्रमाण पेस ग¥यो ।
मनाङ सेमीफाइनल प्रवेश गर्ने दोश्रो टिम हो । यसअघी एपिएफ सेमिफाइनल प्रवेश गरिसकेको छ ।
आहा ! रारा गोल्डकपको क्वाटरफाइनल अन्तर्गत सोमबार डिफेन्डिङ च्याम्पियन संकटा र मच्छिन्द्र क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







