पोखरा । सहारा क्लवको आयोजनामा पोखरामा जारी २० औं आहा रारा गोल्डकपमा शनिबारको खेलमा एपिएफ क्लवले जित्ने अनुमान गरेका कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटा पुरस्कृत भएका छन् ।
एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा रारा गोल्डकप ‘गेस एण्ड विन’ अन्तरगत भुटनिज युथ स्पोर्टस क्लव र एपिएफ क्लवविचको तेस्रो दिनको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा सापकोटा विजेता घोषित भएका हुन् । उनलाई आइतबार खेलस्थल पोखरा रंगशालामा हिमश्री फुड्स प्रा.लि. का निर्देशक प्रकाश केसीले सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन पुरस्कार स्वरुप प्रदान गरे ।
त्यस्तै आइतबारका लागि सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरु मध्येबाट कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकका भिमबहादुर मगर विजेता घोषित भएका छन् । आइतबारको खेलमा मनाङ मस्र्याङ्दी क्लवले जित्ने अनुमान गरेका सापकोटा गोला प्रथा मार्फत विजयी घोषित भएका हुन् । उनलाई सोमबार पोखरा रंगशालामा पुरस्कृत गरिने रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लवलाई लाई २– ० ले पराजित गर्दै मनाङ सेमिफाइनल प्रवेश गरेको छ ।
अब आजको प्रश्न :
एफएफले माघ १० गते सोमबार हुने संकटा क्लव र मच्छिन्द्र क्लवविचको खेल कस्ले जित्ला ? यसमा सहभागि हुन संकटा क्लवका लागि GOAL A टाइप गरि ३४००१ वा मच्छिन्द्र क्लवकालागि GOAL B टाइप गरि ३४००१ मा पठाउन सकिनेछ । अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत प्रत्येक दिन साढे ७ बजे प्रशारण गरिने आहा रारा गोल्डकप विशेष कार्यक्रममा विजेता घोषणा गरि सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिने मार्केटिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
महा बिजेतालाई बम्पर प्राइज :
गोल्डकपको फाइनलमा कस्ले उपाधि जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको रोवा ब्राण्डको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।
पुरस्कृतहरु :
यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ र पोखरा – १५ का १५ गलेश्वरका उम्मिद शाक्यलाई पुरस्कार प्रदान गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







